मेरो भ्वाइस युनिभर्स २ को उपाधि जापान प्रथम गुरुङले जितेका छन । मेरो डान्स युनिभर्स २ को उपाधि हङकङ रिस्ता गुरुङले चुम्न सफल भएकी हुन् ।
…………………………………………………………………..
ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ
गायन र नृत्य रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ को बिजेता आज गोदावरीस्थित सनराईज कन्भेन्सन केन्द्रमा आयोजना एक समारोहबिच घोषणा गरिएको छ । उनीहूरु मतको आधारमा बिजेता घोषित भएका हुन् । मेरो भ्वाइस युनिभर्स २ को उपाधि जापान प्रथम गुरुङले जितेका छन । विजेताले १ करोड धनरासी सहित गिफ्ट ह्याम्परहरु प्राप्त गर्न सफल भए । मेरो डान्स युनिभर्स २ को उपाधि हङकङ रिस्ता गुरुङले चुम्न सफल भएकी हुन् । उनले पनि १ करोड नगदसहित, ट्रफी, गिफट ह्याम्पर प्राप्त गरेकी छिन् ।
मेरो भ्वाइस युनिभर्स मै हङकङबाट प्रतिनिधित्व गरेका टोपराज तामाङ फस्ट रनरअप बन्दै २५ लाख नगद बिजेता तथा कतारबाट जुनु प्रसाईले सेकेन्ड रनरअपको उपाधि जित्दै १० लाख नगद जित्न सफल भएका छन् । वाङ्गे गुरुङले थर्ड रनरअपको उपाधिसहित ६ लाख पाउन सफल भए । झापाका प्रशान्तले पोखरेल फोर्थ रनरअप बन्दै ५ लाख रुपैयाँ, र दीपराज राई फिप्थ रनरअप बन्दै ४ लाख नगद पाउन सफल भए ।
मेरो डान्स युनिभर्स सिजन २ तर्फ सिक्किमकी अमृता राईले फस्ट रनरअप बन्दै २५ लाख रुपैयाँ, सितुन महर्जनले सेकेन्ड रनरअप हुँदै १० लाख रुपैयाँ, सुरज सिंजाली मगरले थर्ड रनरअप हुँदै ६ लाख रुपपैयाँ, झापाका सुसाना कोइराला फोर्थ रनरअप घोषित हुँदै ५ लाख रुपैयाँ, साजन पाख्रिन तामाङ फिप्थ रनरअप हुँदै ४ लाख रुपैयाँ हासिल गर्न सफल भएका छन् ।
मेरो डान्स युनिभर्स सिजन २ को कल्चरल ग्रुप डान्स अन्तर्गत २५ लाख नगदसहित भुटनिज रिफ्यूजी डान्स ग्रुप विजेता बन्न सफल भयो । त्यस्तै फस्ट रनरअप १५ लाख धनराशीसहित मनासलु वल्र्ड कलेज फस्ट रनरअप बन्न सफल भयो भने सेकेण्ड रनरअप युमा महारानी नृत्य समूह बन्न सफल भयो । त्यस्तै ५ लाख नगदसहित नेपाल प्रहरीका कलाकार थर्ड रनरअप बन्यो भने ३ लाख नगदसहित तरेली सांस्कृतिक ग्रुप परिवार फोर्थ रनरअप घोषित भयो ।
विश्वका विभिन्न देशमा रहेका नेपालीहरु सहभागी भएको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स सिजन २ विगत ६ महिनादेखि निरन्तर चलिरहेको थियो । आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रमबारे प्रकाश पारे ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रनितिधि सभाका सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सूचना तथा संचार प्रविधि मन्त्रालय पृथ्वी स्ब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे लगायत अतिथि थिए ।
कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, गायिका लाबोनी चक्रवर्ती, गायक शिव परियार, गायक कर्मा ग्याल्छेनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर विसी, किरण थापा, कोरियोग्राफर कविराज गहतराज र अभिनेत्री शिल्पा मास्के रहेका छन् । यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल र टेरिया मगर रहेका थिए ।