यात्राको प्रेमकथा बोकेर आउने भयो तिमी संग


काठमाडौं, २७ फागुन

पटक पटक प्रदर्शनी मिति सारिएको चलचित्र ‘तिमी संग’लाई आगामी २३ चैतबाट प्रदर्शनीमा ल्याउने घोषण यो चलचित्रको निर्माण पक्षले गरेको छ । यही तिथिमा प्रदर्शन हुन लागेको फिल्म ‘हिरोज’सँग अब चलचित्र तिमी संगले जुध्नु पर्ने भएको छ । यो सिनेमा गत भदौमा र त्यसपछि माघमा रिलिज गर्ने भनेपनि मिति सार्दै चैत अन्तिममा आईपुगेको हो ।

पुराना प्रोडक्सन म्यानेजर तथा कलाकार शिशिर राणाले यो चलचित्रको निर्माण, निर्देशन र लेखन कार्य गरेका हुन् । तिमी संगमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भुमिका रहेको छ ।

तिमी संगको अफिसियल ट्रेलर आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी निर्माण संस्थाले सार्वजनिक गरेको छ । ट्रेलरमा कलाकारहरुको यात्रा र उनीहरुको प्रेम सम्बन्धलाई महत्व दिईएको छ ।

चलचित्रको छायाँकन काठमाडौं, पोखरा, घोडेपानी, काँडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपुर्ण बेसक्याम्प र नवलपारसी लगायतका क्षेत्रमा गरिएको हो । जसमा प्रमोद कार्कीको छायाँकन रहेको छ ।

यस्तो छ तिमी संगको ट्रेलर –