थापाको रिमेक गीत ‘किन आउँछ याद तिम्रो’ सार्बजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

गीतकार बी.बी. थापाले पुनः रेकर्ड गराएको (रिमेक) किन आउँछ याद तिम्रो… गीतको भिडियो सार्वजनिक गरेका छन् । यस अघि पहिले नै प्रदिप राज पाण्डेको स्वरमा सजिएको यो गीत यतिखेर मेलीना राईको स्वरमा आएको छ ।

यहि गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाईले मोडलिङ गरेका छन् । यो गीतको छायांकन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् । भिडियोलाई हेम प्रभाषले निर्देशन गरेका हुन् ।

दिवंगत संगीतकार स्वर्गीय नातीकाजीको संगीत रहेको यो गीतको भिडियोलाई गीतकार बी.बी थापाको आफ्नो युट्यूव च्यानल बी.बी थापा इन्टरटेनमेन्टबाट सार्बजनिक गरेका छन् ।

https://www.youtube.com/watch?v=ovs57RKcICg&feature=youtu.be