ब्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ

पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको चलचित्र सोच २० भदौमा रिलिज प्रदर्शन हुदैछ । एक्शन लभस्टोरी फिल्म सोचको फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ ।

फिल्मको सार्वजनीक तीन डिजाइनका पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा प्रज्वल,नीता, पुजनका साथमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउछन् । सोचलाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा कृष्ण आचार्यको पटकथा,सम्वाद रहेका सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।