बीबीले ल्याए  एकैचोटी २७ गीतसँग्रह


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

पुराना गीतकार बी बी थापाले एकसाथ २७ वटा गीति एल्वमहरु श्रोतामाझ ल्याएका छन् । जना गीतकारले एक साथ २७ ओटा गीतिसँग्रह बिमोचन ग¥यो भन्दा पाठकहरुलाई अनौठो लाग्न सक्छ । संभवत विश्वकै इतिहाँसमा नयाँ रेकर्ड कायम राख्दै उनले यती धेरै गीतिसँग्रह ल्याएका हुन् ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले थापाको २७ वटा गीतिसँग्रह र दुई वटा पुस्तक एकसाथ बिमोचन गरेका हुन् । करिब डेढ करोड खर्च गरेर उनले २७ ओटा गीतिसँग्रह तयार गरेर एकसाथ श्रोतामाझ ल्याएका हुन् । कार्यक्रममा बिमोचन गरिएको २७ गीतिसँग्रहरुमा २४ क्यारेट, ओण्डरफूल ड्रिम, मान्छे, कबूल, दिलवाली, एक जमाना पछी, सुर संगम, टाढा, लभ गुरु, मायाको डुंगा, मोहिनी, प्रेम पुजारी, घुम्टो, मेरो हजुर रहेको थियो ।

यस्तै सोही कार्यक्रममा गीतिसँग्रहरु क्लासिक हिट्स्, नशा मिलाएर पानी, नशा रमरौस, नशा मायाको बिर्को, ओ सेरी, क्रेजी लभर, गागलफेदी, अगेन इन लभ, प्रेमनगर, म को हँु, प्रेमबर्ष, प्रभु पद, र अन्तिम यात्रा पनि बिमोचन गरियो । यि २७ ओटा गीतिसँग्रहरुमा १४५ गीतहरु रहेको कार्यक्रममा जानकारी गराईयो । यी सबै गीतिसँग्रहलाई बी.बी. थापा इन्टरटेनमेन्टले प्रकाशन गरेको हो । सोही कार्यक्रममा दील एक धड्कन अनेक गजल संग्रह तथा आशक्ति गीत संग्रह पुस्तकको पनि लोकार्पण गरियो ।

गीतकार थापाले एकै पटक २७ ओटा सँग्रह ल्याएको प्रकाश पारे । आफूले गरेको मेहनत सार्थक भएको पनि सो बिमोचन कार्यक्रममा गीतकार थापाले बताए ।

कार्यक्रममा बोल्दै नेपालका प्रथम उपराष्ट्रपति झाले विश्वमै विरलै भेटिन सकिने यस्तो गतिविधि गीनिज बुक अफ वल्ड रेकर्डस्मा दर्ता हुनु पर्ने जिकिर गरे ।

यो बिमोचन कार्यक्रम छायाँछबि क्रियशनले ब्यबस्थापन गरेको हो । सो कार्यक्रममा बोल्दै पत्रकार एवं छायाँछबिका अध्यक्ष शान्तिप्रियले नेपाली संगीतकै इतिहाँसमा एकै साथ २७ गीति लोकार्पण ऐतिकासिक कार्य भएको जिकिर गरे ।

सोही क्रममा यी गीतिसँग्रहमा रहका मध्यमबाट ५ ओटा गीतहरुको भिडियो समेत रिलिज गरियो । भिडियोमा प्रदिप बास्तोला, एलिशा राई, श्रीदेव भट्टराई, अनामिका चौलागाई, जेवीका कार्कीलगायतको अभिनय छ । ति भिडियोहरुलाई जीवन रसाइली, सुब्रत आचार्य र हेम प्रभाषले निर्देशन गरेको हुन् ।