ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

यही २० बैशाखबाट देशब्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘दाल भात तरकारी’ निर्माण टिम यतीबेला तिब्र प्रचारमा उत्रिएको छ । यसै क्रममा निर्माण पक्षले मुलुकका १० शहरमा दाल भात तरकारी टुर सम्पन्न गरेको छ । पूर्वको विर्तामोडबाट सुरु सुरु भएको कन्सर्ट सोमबार बेलुका काठमाडौंमा आएर सम्पन्न भएको हो ।

२५ चैतबाट बिर्तामोडबाट दाल भात तरकारी टुर देखि सुरु गएको थियो । यो टु्र कन्सर्ट सहित २६ चैतमा दमक, २७ मा इटहरी, २८ चैमा हेटौंडा, २९ चैतमा चितवन, ३० चैतमा बुटबल, १ बैशाखमा नेपालगञ्ज, २ बैशाखमा दाङ, ४ बैशाखमा पोखारा र ९ बैशाखमा काठमाडौंमा आयोजना गरियो । दर्शकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले बुटबल, दाङ र पोखरामा लाठी चार्ज गर्दा आफुहरु निकै दुःखी हुँदै सम्बन्धित दर्शकसँग माफी मागेको पनि किरण केसीले बताएका छन् ।

कन्सर्टमा बरिष्ट हास्यव्यँग्य कलाकार हरिबँश आचार्य, किरण केसी, शिबहरी पौडेल, विल्सन बिक्रम राई (तक्मेबुढा), पुष्पल खड्का, आँचल शर्मा, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, राजन खैराते थिए । हरेक कार्यक्रममा हरिबँश र जुनुले दाल भात तरकारीको गीत गाएका थिए । जुनु र रामचन्द्रले शत्रु गतेको रुपै मोहनी सहितको गीत गाएका थिए ।

कन्सर्टमा बरिष्ट अभिनेता आचार्यले पनि फिल्मको गीत सहित प्रहसन प्रस्तुत गरेको पनि निर्माता किरण केसीले जानकारी गराए । आफुले एउटा गीत र प्रहसन प्रस्तुत गरेको केसीले बताए । शिबहरि पौडेल र विल्सन बिक्रम राईले पनि हरेक शहरमा प्रहसन प्रस्तुत गरे । मञ्चमा पुष्प र आँचलले दाल भात तरकारीको गीतमा नृत्य गर्दा दर्शकको हुटिङ हरेक शहरमा भएको पनि निर्माता केसीले बताए ।

यसरी मोफसल यात्रा सकिएकोपछि दाल भात तरकारी टिमले यो टुरको अन्तिम कार्यक्रम सोमबार बेलुका काठमाडौंका सामाखुसी स्थित बिजी मलको प्राँगनमा गरेको हो । कार्यक्रममा गायिका मिना निरौलासँग बरिष्ट हास्यब्यँग्य अभिनेता आचार्यले जब भिजिट भिषामा…, दाल भात तरकारी…, रुपै मोहनी जस्ता गीत गाए । तब दर्शकहरुलाई छमछमी नाचे ।

निर्माता किरण केसीले सो कन्सर्टमा दुई ओटा गीत सुनाए । उनले पनि दर्शकलाई प्रहसनमार्फत हसाए । केही क्षण पानी परेपनि छाता ओडेर दर्शकले कार्यक्रमको मज्जा लिए । सोही कार्यक्रममा सन्दीप क्षत्रीको प्रहसन पनि त्यत्तिकै रोचक थियो । उनले आफ्ना चर्चित जोक्सहरु सुनाए । अर्का कलाकार शिबहरि पौडलको प्रहसनले पनि दर्शकलाई हँसाए ।

सुदन केसीको निर्देशनमा तयार भएको चलचित्र दाल भात तरकारीमा अग्रज कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, निरुता सिंह, पुष्प खड्का, किरण केसी, शिबहरि पौडेल, प्रियँका कार्की, वर्षा राउत, विल्सन बिक्रम राई, आँचल शर्मा, बसुन्धरा भुसाल, जयनन्द लामासहितको मुख्य भूमिका छ । बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो चलचित्रको भिजिट भिषामा…गीत अहिले निकै लोकप्रिय बनेको छ । यसको शिर्ष गीत पनि रुचाईएको छ ।