चलचित्र पसिनाको फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

नयाँ वर्ष २०७६ को अबसर पारेर आईतबार चलचित्र ‘पसिना’ को फर्स्ट लुक्स (पोस्टर) रिलिज गरिएको छ । चलचित्रको तिन वटा पोस्टर सार्बजनिक गरिएको हो ।

मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्र पसिना को सार्बजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार गौरव पहारी, अनु शाह, सरोज खनाललाइ मुख्य स्थान दिइएको छ । २७ बैशाखबाट रिलिज हुने यो चलचित्रको केहि दिन अघि शिर्ष गीत सार्बजनिक गरिएको थियो ।

आर. बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र पसिनामा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य निर्देशन र देव महर्जनको द्वन्द रहेको छ । आर.बी. खत्री ‘शरद’ कै कथा रहेको यो चलचित्रको निर्माता शान्ता ढकाल हुन् । चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् ।