सांसद पम्फा भुसाललाई मन पर्यो चलचित्र जानी नजानी


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ चैत

नेपाली चलचित्रलाई मायाँ गर्नु पर्छ भन्ने उदेश्य सहित पछिल्लो समय नेताहरुले पनि सिनेमा हलसम्म गएर नेपाली चलचित्र हेर्न थालेका छन् । यसै क्रममा सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (ने क पा) की नेत्री पम्फा भुषालले काठमाडौंको कुमारी हल पुगेर नेपाली चलचित्र जानी नजानी हेरेकी छिन ।

आफ्नै पार्टीको केहि सदस्य सहित उनले आइतवार साँझ यो चलयचित्र हेरेकी हुन् । राष्ट्रिय पोशाक ढाका मार्फत युवालाई दायित्व बोध गराउने फिल्मलाई उनले रुचाएकि छिन ।
चलचित्र जानी नजानी हेरेपछि सांसद भुसालले भनिन्, ‘फिल्मले ढाकाको विषयलाई उठान गरेको छ , त्यसले नयाँ पुस्तालाइ ढाका बुझाउछ ।’ उनले अगाडि थपिन्, ‘फिल्म सफा र सरल छ, युवालाई केहि गर्नु पर्छ भन्ने प्रेरणा पनि दिन्छ ।’

फिल्म लभ स्टोरी भएता पनि यसमा राष्ट्रियता र दायित्वलाई प्रस्ट्याईएको छ । फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि रहेको लेखक सामिप्य तिमल्सेनाले बताएका छन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको जानी नजानीमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह, रोशनी केसी, कृष्ण भक्त महर्जन, प्रकाश अधिकारीको अभिनय रहेको छ । यही चलचित्रबाट निरिषा बस्नेतले डेब्यु गरेकी छिन ।

यो चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।। फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।