नेपाली चलचित्र बौद्धिक नहुने रेक्टर सुधा त्रिपाठीको आरोप


ब्युटी न्युज नेपाल
काठमाडौं १२ फागुन

काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी दोश्रो नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सबको चौथो दिन आईतबार बौद्धिक बर्गका लागि सिनेमा प्रसँगमा चलचित्र र शिक्षा विषयको बसह भयो ।

जस अन्तर्गत अग्रज अभिनेता राजेश हमाल, त्रिभुवन विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठीले बौद्धिक बर्गका लागि चलचित्रको बारे आफ्ना विचार राखे । त्रिपाठीले नेपाली सिनेमालाई बौद्धिकता हिनको अरोप लगाउँदा राजेशले त्यसको खुलेर सामना गर्नु पर्यो । अध्यापक राम लोहनीले सहजकर्ताका भूमिका निर्वाह गरेको सो बहसमा राजेश हमालले शिक्षाको बिकासमा चलचित्रको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिएका थिए ।

नेपाली चलचित्रहरु भित्र बौद्धिकताका कुरा नहुने विचार रेक्टर त्रिपाठीले सो कार्यक्रममा राखिन् । अभिनेता हमालले यो कुराको प्रतिकार निकै कुटनीतिक ढँगले गरे । बौद्धिक वर्ग हलसम्म चलचित्र हेर्न नआउने भएकोले निर्माता निर्देशकहरु चलचित्र भित्र आम दर्शकको मनोरञ्जनका कुरा पस्किने बाध्यता रहेको हमालले बताए ।

बौद्धिक वर्गलाई दुईतीन घण्टासम्म हलमा बसेर फिल्म हेर्ने फुर्सद नुहने तर्क रेक्टर त्रिपाठीले कार्यक्रममा राखिन् । नेपाली चलचित्रलाई विभिन्न राजनीतिक तहदेखि विभिन्न वर्गले हेर्न थालेको बेला एकथरीका बौद्धिक बर्गले अहिले पनि नस्विकारेको जवाफ हमालले दिए । यी दुइबीच कार्यक्रममा राम्रै बहस चल्यो ।

आइतबारकै अर्को कार्यक्रममा अग्रज अभिनेता सुनिल थापाले आफ्नो चलचित्र यात्राको बारेमा दर्शकलाई जानकारी गराए । जीवनमा अभिनेता बन्ने हो भने आफुलाई त्यसकोलागि पहिलेदेखि नै तयारी गर्नु पर्ने सुत्र उनले दर्शकलाई दिए ।

बिहीबारदेखि शुरु भएको पाँच दिने महोत्सव सोमबार सकिंदैछ । विश्वका विभिन्न ३१ राष्ट्रहरुका ६० वटा चलचित्रहरु बीच महोत्सबमा प्रतिस्पर्धात्मक प्रदर्शन भईरहेको छ । सोमबार साँझ ५ बजे महोत्सब समापन तथा अवार्ड समारोह राखिएको छ ।