भुवन प्यासीको गीतमा अञ्जलीको रोदन


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

 गायक भुवन प्यासीको नया गीत माईली…को भिडियो सार्वजनिक भएको छ ।   निकै मार्मिक यो गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ । गीतमा भुवन प्यासीलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् ।

निकै मार्मिक गीतको भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ  । गीतमा अञ्जलीसंगै गायक प्यासीको पनि अभिनय रहेको छ । परदेशमा काम गरेका श्रीमानले आफ्नो श्रीमतीको सम्झनामा झारेको आँशु र वेदना भिडियोमा देख्न सकिन्छ । 

गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। उत्तम हुमागाईको छायांकन रहेको यस गीतमा सन्तोष सुनारको ड्रोन चलाएका हुन्  । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । गायक भुवन प्यासीको  ‘हल्का हल्का…’ ,ट्राफिक जाम… जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।