घरको छायाँकन धमाधम, वर्षाले प्रभावित


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ

सोमबारबाट छायाँकन सुरु भएको चलचित्र घरको सुटिङ वर्षाको कारण बुधबार प्रभावित भएको छ । काठमाडौंको बुढानिलकण्ठबाट यसको छायाँकन सुरु गरिएको हो ।

निर्माण पक्षका अनुसार मँगलबार बेलुकाबाटै निरन्तर पानी परेपछि बुधबार घरको आउटडोर सुटिङ प्रभावित भएको हो । जसका कारण उनीहरुले इन्डोर सुटिङ थालेका छन् ।

यसको छायाँकन बुढानिलकण्ठ क्षेत्रमा हुने निर्मातामध्येका एक दिपेन्द्र के खनालले जानकारी गराएका छन् । निरज कँडेलले चलचित्रको छायांकन गरिरहेका छन् । शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्रलाई २० दिनमा छायाँकन सक्ने लक्ष्यम निर्माण पक्षको छ ।

हरर कथामा बन्न लागेको चलचित्र घरलाई अर्पण थापाले निर्देशन गरिरहेका छन् । फिल्मको कथा पनि उनकै हो । चलचित्रमा अर्पणसँगै वेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनाल लगायतको मुख्य भूमिका रहेको छ ।