ब्युटी न्युज नेपाल
काठमाडौं २३ पुष

सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’ २५ माघबाट सिनेमा हलमा आउँदैछ । रिलिज मिति करिब एक महिना बाँकी हुँदा सोमबार राजधानीमा एक समारोहबीच यो फिल्मको ट्रेलर सर्वजनिक गरिएको छ ।

चलचित्रका मुख्य कलाकार आशिष पिया (अतित),  रेवती क्षत्री (साया) र नम्रता सापकोटा (सुस्मिता) ट्रेलरमा समेटिएको छन् । उपन्यासको कथा अनुसार अतित र सायाको प्रेमिल आरोह अबरोहलाई ट्रेलरमा समेटिएको छ ।  आशिष र रेवतीले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।

यो फिल्मका निर्देशक मुस्कान ढकालले उपन्यासको कथा मर्मलाई आत्मसाथ गरेर फिल्मांकनको धर्म निभाउँदै जस्ताको तस्तै पर्दामा उतारिएको ट्रेलर रिलिज समारोहमा बताए,‘पुस्तकमा पढेकै कुरा पर्दामा उतारिएकोमा शंका छैन दर्शक तथा पाठकले पढेकै यथार्थकुरा पर्दामा भेट्नुहुन्छ ।’

चलचित्र समर लभमा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक, मानस थापा मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा सामिप्यराज तिमिल्सेनाको पटकथा, सामिप्य र सुबिन भट्टराईको सम्बाद, पुष्पन प्रधानको संगीत, अर्जुन जिसीको सम्पादन, सञ्जय लामा र मानकृष्ण महर्जनको छायाँकन छ ।

यो चलचित्रलाई खगेन्द्र श्रेष्ठ, इन्दु भण्डारी, विनोद अधिकारीले निर्माण गरेका हुन् । जसमा सोपन सरकार र मनोज बिक सह निर्माता छन् । यो फिल्मलाई बैङ्कटेस इन्टरटेन्मेन्ट, माता पाथिभरा फिल्मस् र एफडी कम्पनिले वितरण गर्दैछ ।