ब्युटी न्युज नेपाल
धरान, १५ पुष

‘नवौं मिस पुर्वाञ्चल २०१८’ को उपाधि झापा, भद्रपुरकी पुजा श्रेष्ठले जितेकी छिन् । शनिबार राती सिल्भर इन्टरटेन्मेन्टले धरान १५ स्थित होटल इजी राइडर्समा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा उनी बिजेता भएकी हुन् ।

पुजाले ताजसँगै स्कुटर, हङकङ भ्रमणको अवसर लगायतका पुरस्कार पाईन् । युएन कलेजको छात्रवृत्ति, भेडेटारको पर्यटन सद्भावनादूत समेत घोषित भईन् । १४ प्रतिष्पर्धी मध्ये धनकुटा, हिलेकी अनिला क्षत्री फस्ट रनरअप हुँदै एक लाख रुपैयाँ पाईन भने इटहरीकी तपस्या रणपहेलीले सेकेन्ड रनरअप बन्दै ५० हजार हजार रुपैयाँ प्राप्त गरिन् ।

मिस फोटोजेनिक र मिस मल्टिमिडिया आकृति आचार्य, वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी, मिस कन्जेनियालिटी सलिना राजवंशी र मिस फिटनेस स्वस्टिका विसुंखे घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार पाए ।

प्रियारानी लामाको कोरियोग्राफी रहेको प्रतियोगीतामा मुन्धुम बुटिक एन्ड मेख्ली हाउसको ड्रेस डिजाइन र तरुना राईको मेकअप रहेको थियो । कार्यक्रममा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडालाई आयोजकका तर्फबाट सौरभ श्रेष्ठले सम्मान गरेका थिए ।

कार्यक्रमको निर्णायकमा राजेन्द्र खनाल, कवि सुदिप पाख्रिन, गायक डिल्लि फोम्बो, सफ्टि हाइजिनका सिईओ भुवन ढकाल, स्त्रिरोग विशेषज्ञ डा.रोहित रिजाल, मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ, पत्रकार सामिप्यराज तिमिल्सिना, गायिका तथा नायिका विष्णु चेम्जोङ, हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी, सञ्जु शाक्य थिए ।