ब्युटी न्युज नेपाल
काठमाडौं २१ मंसिर

कवि टिका आत्रेयले आफ्ना कविताबाट काठमाडौंका काव्यप्रेमीहरुको मन जितेकी छिन् । इटहरीकी प्रभावशाली यी महिला कवि सांस्कृति संस्थान राष्ट्रिय नाचघरद्धारा एकल कविताबाचन सम्बन्धि हरेक महिना आयोजना हुँदै आएको ‘श्रष्टा र सृजना’ कार्यक्रममा बिहिबार आत्रेय प्रस्तुत भएकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोफसलमा पनि सशक्त कविहरु भएको खुसी व्यक्त गर्दै आत्रेयका कविताहरु प्रभावशाली छ भने ।

राष्ट्रिय सभाका संसाद खेम नेपालीले कवि आत्रेयलाई पूर्वको उज्यालोको रुपमा चर्चा गर्दै यस्ता उज्यालोलाई काठमाडौंमा ल्याउन सकेकोमा खुसी लागेको छ भने । कला संगीत, साहित्यमा यस्ता उज्यालाहरु धेरै भएकाले पूर्वको सृजना देशभरी पुग्ने विश्वास जनाए ।

प्रा. डा टंक न्यौपाने कविको व्यक्तित्व र कृत्विबारे कार्यक्रममा चर्चा गरेका थिए । आयोजकसांस्कृतिक संस्थानका अध्यक्ष उधोग राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

एक घन्टाको बसाईमा कवि आत्रेयले आफ्ना एक दर्जन कविता सुनाईन् । उनको कवितामा मन्त्री देखि काव्यप्रेमीसम्म मख्ख परेका थिए ।

सो कार्यक्रममा बाँकी तीन ओटा कविता बाचनमा कवि स्विकृति काफ्ले, रुपक अलंकार र इन्दु आँसुले सघाए ।कवि आत्रेयले समर्पण कवितामार्फत आफ्नो सृजना प्रस्तुति सुरु गरेकी थिईन् ।

उनले सो क्रममा परास्त योद्धा, आमा बनेको दिन, युवा, धरौटी प्रमाण, आमा बसुन्धरा, अठोट, गुरु, संस्कार शिर्षकका कविता सुनाईन् ।

संस्थानका महाप्रबन्धक राजेश थापाले मोफसलका श्रष्टालाई पनि स्थान दिनुपर्छ भनेर बिगत झै यसपटक पनि कवि टिका आत्रेयलाई श्रष्टा र सृजनामा इटहरीबाट कार्यक्रमा ल्याएका हौं भने ।