लगातार १२३ घन्टा १५ मिनट नाच्दै विश्व रेकर्ड तोडिन नेपाली चेली बन्दनाले


Breaking News 

ब्युटी न्युज नेपाल
काठमाडौँ १२ मंसिर

शुक्रबार बिहान ९ बजेटबाट नृत्यमा उत्रिएकी नेपाली चेली बन्दना नेपालले आज बुधबार बिहान १२ बजे १६ मिनटजाँदा १२३ घन्टा १५ मिनट पुरा गरेर विश्वमा सबैभन्दा लामो समय नृत्य गर्ने नयाँ रेकर्ड बनाएकी छिन् ।

उनले विश्व रेकर्ड तोड्ने क्रममा १२३ घन्टा १६ मिनटमा यो नेपाली शिर उचाली सँसारमा लम्किन्छ… गीत बजिरहेको थियो । यही गीतबाट उनी सँसारमा सबैभन्दा लामो समयसम्म नाच्ने नेपाली चोली बन्न सफल भएकी छिन् ।

भारत, केरलाकी कलामण्डलम हेमलथाले दुई वर्ष दुई वर्ष अघि लगातार १२३ घण्टा १५ मिनट क्लासिकल नृत्य गरेर बनाएको अहिलेसम्मकै सबैभन्दा लामो समय नृत्यको वल्र्ड रेकर्ड बन्दनाले आज ब्रेक गरेकी हुन् ।

बन्दनाको नृत्य अझै जारी छ । उनले कम्तिमा पनि अझै ३ घन्टा नाचेर १२६ घन्टाको रेकर्ड कायम गर्ने बताएकी छिन् । बन्दनाको बुबा राम नेपालले यो छोरीको सफलता सम्पूर्ण नेपालीहरुको सफलता भएको बताएका छन् ।

बन्दना अझै नाचीरहेकी छिन् । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मा २०५८ सालमा जन्मिएकी बन्दना काठमाडौँको बत्तिसपुतली स्थित बिग फुडल्यान्डमा निरन्तर नृत्यमा छिन् । यतीबेला यो स्थनामा उनलाई समर्थन गर्नेहरुको घुईँचो छ ।