१८ माघमा गोपी सहित तीन सिनेमा, जुध्दा सबै तनावमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक

यसअघि १५ चैतमा रिलिज हुने भनिएको चलचित्र ‘गोपी’ अब १८ माघमा रिलिज हुने भएको छ । पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेको गोपीलाई १८ माघमा ल्याईने घोषणा गरेपछि यही मितिमा आउने अरु दुई फिल्मका निर्मातामा पनिमा तनाव थपिएको छ । तर उनीहरुले यो मिति नछाड्ने व्युटी न्युज नेपाललाई बताए ।

१८ माघमा रिजिल गर्ने मिति असारमै तोकेको चलचित्र रणबीर र १८ माघ रिलिजको घोषणा गत भदौमा गरेको चलचित्र सय कडा दशका निर्माताले सोही मितिबाट पछि नहट्ने प्रतिक्रिया दिए ।

ेगोपीका निर्देशक लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो चलचित्र अब १८ माघमै रिलिज हुने बताएका छन् । यो मितिमा ल्याउनुको कारणबारे दीपेन्द्रले भने,‘गोपीको पोस्ट प्रोडक्सन कार्य चाँडै सकिएको र देशविदेशका दर्शकले चलचित्र चाँडै रिलिज गर्न आग्रह गरेपछि १८ माघमै रिलिज गर्न लागेका हौं, मेरो पहिलो चलचित्र घामपानीले जस्तै गोपीले दर्शकलाई सन्तुष्ट बनाउनेछ ।’

रणबीर

रणवीर र सयकडा दसले यसअघि नै १८ माघमा रिलिजको घोषणासहित प्रचार सुरु गरिसकेका छन् भने गोपीले पनि मँगलबारबाट प्रचार थालेको छ । वितरक कम्पनी एफडी र स्टेसन फाइबले रणवीर, डीसीएनले सयकडा दस रिलिजका लागि १८ माघ तय गरेका हुन् । वितरकत्रय मनोज राठी, उज्ज्वल पौडेल र गोविन्द शाहीले यही मितिमा गोपीलाई ल्याएर जुधाएका छन् ।

यस अघिको चलचित्र रोजलाई रामकहानीसँग जुधाउँदाको पीडा भोगेका निर्माता मणि कर्ण केसीले गोपीमा अरु दुई सिनेमासँग जुध्नु पर्ने भएको छ । तर ती दुई सिनेमा भन्दा आफु माथि हुनेमा निर्देशक दीपेन्द्र लामा विश्वस्त छन् ।

चलचित्र गोपीमा विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ । सञ्चारकर्मी श्रीधर पौडेल गोपीका कार्यकारी निर्माता हुन् ।