हुकुम बक्सियोसपछि आयो सुश्री सम्पत्तिको झुम्की…


 व्युटी न्युज नेपाल
काठमाडौं २० कात्तिक

अघिल्लो गीत हुकुम बक्सियोस…को चर्चापछि चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत झुम्की…को भिडियो तिहारको अबसर पारेर मँगलबार बेलुका भक्तपुरमा एक समारोहबीच रिलिज गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्र २८ मंसिरबाट रिलिज हुँदैछ ।

सुरेश अधिकारीको शब्द र संगीत रहेको यो गीतलमा मिना निरौला र राजन इशानले स्वर दिएका छन् । झुम्की… गीत र यसको भिडियोले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण पक्षको विश्वस्त छ ।

सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्कीको कामुक नृत्य छ । उनीसँगै सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरीको पनि नृत्य रहेको छ । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । सार्वजनिक हुकुम बक्सियोस गीतले दर्शक तथा श्रोताको मन जित्दै यही चलचित्रको अर्को गीत झुम्की…सर्वजनिक गरिएको निर्देशक आचार्यले बताए ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्तिको कथा पनि निर्देशक आचार्यकै हो । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । यो चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।