सामाजिक कार्य गर्दै सारिकाले मनार्इन जन्मदिन


व्युटी न्युज नेपाल
काठमाडौं, १० कात्तिक
अभिनेत्री तथा गायिका सारिका घिमिरेले बिगतको जस्तै यसपटक पनि सामाजिक काम गरेर जन्मदिन मनाएकी छिन् । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका सुस्त मनस्अथितिका मानिस र बालबालिकासँग उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।
उनले त्यहाँ रहेका ३५ जना मनोरोगी र ७ जना बालबालिकालाई खाना खुवाएर र लता कपडाका साथै खाद्य सामाग्री प्रदान गरेर शुक्रबार उनले जन्मदिन मनाएकी छन् । अनावस्यक फजुल खर्च गर्नु भन्दा त्यो पैसा सामाजिक काममा होस भनेर स्नेही काखलाई सहयोग गर्दै जन्मदिन मनाएको सारिकाले बताइन् ।
नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ ।
८ बर्षदेखी सञ्चालन मा आएको नेपाल स्नेही काखमा अहिले ३५ जना महिला र ७ जना बालबालिका आश्रित छन् । सबैको स्यार शुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।
आफ्नै पहल र विभिन्न व्यक्तित्वहरुको सहयोग आफूले सडकबाट मनोरोगीहरुलाई ल्याएर संरक्षण र औषधोउपचार गर्दै आएको संस्थाकी अध्यक्ष एवम् मोडल श्रीनेहा पोखरेलले बताइन ।