ए मेरो हजुर ३ छायाँकनमा, अनमोलसँग सुहानाको डेब्यु


व्युटी न्युज नेपाल
काठमाडौं, २७ असोज

युवा सिने स्टार अनमोल केसी अभिनित चलचित्र ए मेरो हजुर ३ को दशैंको मुख पारेर काठमाडौंमा बिहिबारबाट छायाँकन सुरु भएको छ ।

अभिनेता भुवन केसीको छोरा अनमोलसँग यो फिल्ममा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले नायिकाको भूमिका निर्वाह गर्दैछिन् । सुहानाको यो पहिलो फिल्म हो ।

अनमोल र सुहानासँगै अर्पण थापा, सलोना बस्नेत, रविन्द्र झा लगायतको अभिनय रहेको छ । निर्माण पक्षले दुई ओटा पोष्टर पनि बिहिबार नै सार्वजनिक गर्दै छायाँकन थालेको हो । चलचित्र ए मेरो हजुर ३ का निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापा हुन् ।

यो चलचित्रकी नव नायिका सुहाना थापा पनि सुनिल र झरनाकी छोरी हुन् । वुवा आमाले निर्माण गरेको चलचित्रबाट  अनमोल केसीसँग अभिनय गर्दै सुहाना नेपाली चलचित्र बृत्तमा सुरक्षित डेब्यु गर्दैछिन् । ए मेरो हजुर ३ को रिलिज आगामी २९ चैत तोकिएको छ ।