व्युटी न्युज नेपाल
काठमाडौं २६ असोज

चलचित्र ‘लभ स्टेशन’को आधा छायाँकन सकिएको छ । प्रदीप खड्का र जसिता गुरुङ फेरी जोडी बनेर प्रस्तुत हुँदै गरेको यो चलचित्रको ११ आसोजबाट दर्जिलिङ देखि छायाँकन सुरु भएको छ ।

व्युटी न्युज नेपालसँग शुक्रबार कुरा गर्दै चलचित्रका निर्माता गोबिन्द शाहीले छायाँकनको स्थितिबारे भने,‘हामीले दुई ओटा गीत सहित ५० प्रतिसत छायाँकन सकेका छौं । तोकिएको समय भन्दा चाँडो ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं ।”

चलचित्र लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय छ ।

लभ स्टेसनको निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताएका छन् । फिल्मको कथामा प्रदीप र जसिताको जोडी खुव सुहाएको पनि उनले बताए ।

यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने बताएका छन् । काम सोचे भन्दा धेरै राम्रो भएको र दार्जिलिङको सुन्दर दृष्यले फिल्म झनै राम्रो बनेको उनले बताए ।

यो फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । लभ स्टेशनको दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कल लगायतका स्थानमा सुटिङ गरिने छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।