सिक्किमबाट हाट बजार लिएर आशिष र सुदर्शन


व्युटी न्युज नेपाल
काठमाडौं, २५ असाेज

सिक्किमका आशिष तामाङ तथा सुदर्शन सुनारले नयाँ गीतसंग्रह ‘हाटबजार’ बजारमा ल्याएको छ ।
यी दुईले ‘आशिष सुदर्शन’ सांगीतिक समूहमार्फत संगीत सृजना गर्दै आएका थिए । यो ब्यान्ड तीन वर्षअघि स्थापित भएको हो ।

सिक्किमबाट काठमाडौं आई बिहीबार काठमाडौंमा एक समारोहबीच उनीहरुले हाट बजार सार्वजनिक गरे । अभिनेत्री नम्रता मोडलसहित दुई गायकले संग्रह विमोचन गरेका हुन् ।

एल्बममा समावेश ‘चाउरी पर्ला…’ गीतको म्युजिक भिडियो पनि समारोहमा प्रिमियर गरियो । भिडियोमा नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् ।

संग्रहमा रहेको चाउरी पर्ला… गीतको म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटाले मोडलिङ गरेकी छन् । उनले सिक्किमका युवा गायकको नेपाली गीतसंगीतप्रतिको लगाव देखेर काम गरेको बताइन् ।

संग्रहमा दुई गायकको स्वरका आठवटा गीत रहेका छन् । एल्बमका सबै गीत गायकद्वय आशिष र सुदर्शनले रचना गरेका हुन् भने उनीहरूले नै संगीत गरेका हुन् । सांगीतिक समूह आशिष सुदर्शनका दुई गायकले लोप हुँदै गएको हाटबजार शब्दलाई गीतमार्फत दर्शक तथा श्रोतामाझ प्रस्तुत गरेका हुन् ।