‘निर्जला’ एक्लै आउँदा फाईदै फाईदा


व्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

शुक्रबार अर्थात् १९ असोजदेखि मुलुकका ५ दर्जन भन्दा बढी सिनेमा हलमा एकल प्रदर्शनमा आएको चलचित्र ‘निर्जला’लाई एकलमा फाईदा पुगेको छ ।

राजु गिरीको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार देशभरका हलमा औसतभन्दा माथिको ब्यापार गरेको थियो । दोश्रो दिन शनिबार एकाएक सबै हल हाउस फूल भएको निर्देशक गिरीले व्युटी न्युज नेपालसँग दाबी गरे ।

‘हलबाट दर्शक रुँदै निस्कने गरेका छन् । हामीले सोचेको भन्दा राम्रो ब्यापार र प्रतिक्रिया छ ।’ निर्देशक गिरीले भने ।

फिल्म हेर्न हलमा दर्शकको उपस्थिति राम्रो भएको यसका निर्माता प्रकाशचन्द्र न्यौपानेले जानकारी दिएका छन् । आईतबारबाट व्यापार केही तल झरेपनि बिगतका सिनेमाहरुको भन्दा राम्रो रहेको पनि निर्माण पक्षको जिकिर छ । फिल्ममा समाबेश दशै गीत, भाले मोटर र शीर्ष गीत दर्शकले औधि मन पराएको उनले बताए ।

दशैको अबसर पारेर प्रदर्शन गरिएको फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट, प्रकाशचन्द्र न्यौपाने तथा बालकलाकार काजोल गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।

रबि कोइरालाले खिचेको फिल्म तारा थापा किम्भले सम्पादन गरेका हुन । फिल्मका गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ ।