दर्शकलाई मन पर्यो प्रसादको लिरिकल भिडियो


व्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

चलचित्र प्रसादको ‘लै लै…’ गीतको लिरिकल भिडियो छोटो समयमा लोकप्रिय भएको छ । यो भिडियोलाई युट्युवमा रिलिज गरिएको तीन दिनमा ४ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ ।
आगामी २१ मँसिरबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र प्रसादको यो लिरिकल भिडियोमा अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई दर्जी दम्पत्तिको भूमिकामा प्रस्तुत गरिएको छ । लोकलयमा आधारित यो गीतले जातीय विभेदको बिरुद्ध चेतना जगाएको छ ।

चलचित्रको गीत ‘लै लै…’लाई केतन क्षत्रीले गाएका हुन् । चलचित्र गायनमा नयाँ हुन केतन । उनले गीतलाई पूर्ण न्याय गरेका छन् । गीतको रचनाकार गणेश शाही र संगीतकार सुवास भुषाल हुन् । उदयराज पौडेलको संगीत संयोजन पनि लोभलाग्दो छ । गीत निकै माधुर्य र मौलिक भावको बनेको छ ।

सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । यो चलचित्रले विपन्न परिवारका निःसन्तान दम्पत्तिले सन्तानको लागि गरेको संघर्षको कथा उठाएको यसका निर्देशक दिनेश राउतले बताएका छन् । प्रसादमा विपिन, नम्रतासँगै निश्चल बस्नेत मुख्य भूमिकामा छन् ।