रेनेसाको लागि प्रज्वल फिल्मको भन्दा आफ्नो हिरो


व्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ

कोरियोग्राफरबाट चलचित्र इन्टु मिन्टु लन्डनमा मार्फत निर्देशक बनेकी रेनेसा राईले यो चलचित्रका निर्माता प्रज्ज्वल शमशेर जवरालाई आफ्नो जीवन हिरो बनेको राम्रो भनेकी छिन् । यस अघि यही चलचित्रको एउटा गीत रिलिज कार्यक्रममा रेनेशाले निर्माता प्रज्ज्वललाई आफ्नो जीवनको बास्तविक हिरो भनेर सम्बोधन गरेकी थिईन् ।

यिनै निर्देशकले आफ्ना निर्मातालाई फिल्मको हिरो नबनेर आफ्नै हिरो बन्नु पर्ने बताएकी छिन् । काठमाडौंको क्युज सिनेमामा बुधबार चलचित्र इन्टु मिन्टु लन्डनको एउटा गीत जुरायो जुरायो…को प्रिमियर थियो । सोही प्रिमियरमा सञ्चारकर्मी नरेश भट्टराईले यो चलचित्रका निर्माता प्रज्ज्वल शमशेरलाई आउँदा दिनमा चलचित्रमा हिरो बन्न तथा प्रज्ज्वललाई हिरो बनाउन निर्देशक रेनेसासँग प्रस्ताव गरे । सोही क्रममा रेनेशाले अब प्रज्ज्वल सिनेमाको हिरो नबनेर मेरो हिरो बन्नु हुनेछ भनिन् ।

निर्देशक रेनेशा र निर्माता प्रज्ज्वलबीच प्रेम सम्बन्ध रही आएको त धेरैलाई जानकारी छ । तर केही समय यताबाट रेनेशा आफैंले आफुहरुको प्रेम सम्बन्ध रहेको र प्रज्ज्वल आफ्नो बास्तविक हिरो भएको सार्वजनिक समारोहमा बताउँदै आएकी छिन् । अब यी दुई बीच विवाह चैं कहिले हुन्छ भन्ने जिज्ञासा आम सिनेकर्मी, सञ्चारकर्मीहरुको रहेको छ ।