‘रेनी’की नायिका सनमको बर्थ डे पार्टी


व्युटी न्युज नेपाल
काठमाडौ, ३ भाद्र

प्रदर्शनी मिति नजिकिँदै गदै चलचित्र ‘रेनी’की नायिका लेखक तथा गीतकार सनम मल्लले आइतबार राजधानीमा एक बिशेष समारोहबीच जन्मदिन मनाएकी छिन् । यो चलचित्र यही ८ भदौ आगामी शुक्रबारबाट प्रदर्शन हुँदैछ । रेनीको प्रचारमा व्यस्त सनमले केक काट्नु अघि पनि सञ्चारकर्मीलाई अन्तरबार्ता दिनमै व्यस्त भईन् । ब्यस्तता हँुँदाहुँदै पनि संचारकर्मी, आफन्त तथा रेनी युनिटका बीच केक काटिन् ।

चलचित्र रिलिजको चार दिन अघि जन्मदिन मनाउनुको कारणबारे यी अभिनेत्रीले भनिन्,‘फिल्म प्रचारप्रशारमा ब्यस्त रहे पनि जन्मदिन मनाउन भुलिनँ । खासमा त मेरो जन्म दिन भदौ ७ भए पनि तिथिले आज भेटेकाले यहाँहरुबीच जन्मदिन मनाएँ ।’ यो चलचित्रबाट सनम रेनीले आफूलाई हिरोइन तथा फिल्म लेखकका रुपमा स्थापीत गराउनेमा बिश्वस्त छिन् ।

यी अभिनेत्रीलाई सो कार्यक्रममा रेनीका अभिनेता दीपक ढकाल, हास्यकलाकार टंक डुम्रे, गीतकार गुरु भुटिया, निर्माता बिमला र संजीव मल्ललगायत संचारकर्मी तथा आफन्तले जन्मदिनको शुभकामना ब्यक्त गरे ।

रेनी गिरिश रिजालले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथाको आधारित यो चलचित्रमा सनम र दीपकका साथ सरोज खनाल, टंक डुम्रे, सुरवीर पण्डित, बिजय तिखातारीलगायतका कलाकारले अभिनय गरेका छन् ।