व्युटी न्युज नेपाल
काठमाडौं २ भाद्र

सिजन मिडियाले एकसाथ दुई सौन्दर्य प्रतियोगिता गर्दै छ । सिजनले स्थापनाको दशौं वर्षको उपलक्ष्यमा पहिलो पटक कलेज हेन्डसम–२०१८ प्रतियोगिता र छैटौं मिस टिन कलेज–२०१८ प्रतियोगिता गर्न लागेको हो । यी दुबै प्रतियोगिताको शनिबार काठमाडौंको कमलादीमा अडिसन लिईयो ।

अडिसनवाट २० जना मिस टिनको लागि र २० जना कलेज हेन्डसमको लागि चयन गरिएको सिजिन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी गराए ।

अडिसनमा कोरीयोग्राफर रोजिन शाक्य, एयरक्राफ्ट इन्जिनियर रञ्जित जैशवाल, प्रि व्रिटिस हेल्थ क्लवका अध्यक्ष कमल लिम्वु, सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रु अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी निर्णायक थिए ।

अडिसनमा छनौट भएका प्रतियोगिहरुलाई ५ भदौबाट प्रशिक्षणमा उतार्ने पनि वन्तले बताए । यी दुबै प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति, थाइल्याड भ्रमणको टिकट, मोवाइल फोन, अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति, निशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा अबसर पाउने आयोजक पक्षको दाबी छ ।