आयो राजेश पायल र मेलिना राईको नयाँ भिडियो


व्युटी न्युज नेपाल
काठमाडौं २ भाद्र

लोकप्रिय गायक राजेशपायल राई र गायिका मेलिना राईको स्वरमा रहेको पूर्वेली भाकामा आधारित गीत ‘हाँस बोल मुखै खोलु…’ को भिडियो सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरिएको छ । गीतमा मोहन दाहालको शब्द तथा सन्तोष श्रेष्ठ को संगीत रहेको छ ।

सम्राट क्रिएशनद्वारा सुमन दाहालको निर्देशनमा यो भिडियो तयार भएको हो । केही समयदेखि अमेरिका बस्दै आएका सुमनले नेपाल आएको बेला यो भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई उनले आफ्नो च्यालन सम्राट क्रियसनबाट रिलिज गर्दै आएका छन् ।

सो गीतको भिडीयोको मुख्य कलाकारमा दिपासा बीसी र महेन्द्र निरौला अभिनय रहेको छ । गसमा सहयोगी कलाकारहरुमा नेत्र प्रसाद दाहाल र सिर्जना मरासिनी साथै अन्य कलाकारहरुको पनि अभिनय छ । इश्वर सिंकेमनले छायांकन गरेको म्यूजिक भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन ।