मिस्टर एण्ड मिस एम्पेरर उज्ज्वल र खुश्बु


व्युटी न्युज नेपाल
काठमाडौं १ भदौ

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को उपाधि पुरुषतर्फ उज्ज्वल दुलाल र महिलातर्फ खुश्बु गिरीले जितेका छन् ।

काठमाडौमा सम्पन्न अन्तिम प्रतिस्पधार्मा दुलाल र गिरीले मिस्टर एन्ड मिस एम्पेररको उपाधि जितेका हुन् । अब उनीहरुले नेपाली चलचित्रकोलागि अडिसन दिन दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् ।

मिस्टर एण्ड मिस एम्पेरर’का यि दुई विजेताले म्यूजिक भिडियो लगायतमा अवसर पाउनेछन् । दोश्रो चरणको विजेताले भने चलचित्रमा अभिनयको अवसर पाउनेछन् । काठमाडौ जसरी नै देशभरका अन्य नौ शहरमा पहिलो चरणको प्रतियोगिताका विजेताहरुले दोश्रो चरणको प्रतियोगितामा भाग लिन पाउने बताईएको छ ।

काठमाडौको प्रतियोगितामा ओजस्वी थापा र सुरज खत्री क्रम फस्ट रनरअप र सेकेण्ड रनरअप भए । यस्तै महिलातर्फ सुप्रभा खत्री फस्ट रनरअप र स्वस्तिका सापकोटा सेकेण्ड रनरअप घोषित भए । फस्ट र सेकेन्ड दुबै रनरअपले चलचित्रको अडिसनमा भाग लिन पाउने छन् ।

अन्तिम प्रतिस्पर्धाको निर्णायकमा अभिनेता गौरव पहारी, सञ्जोग कोईराला, चलचित्र निर्देशक अमरदीप सापकोटा, निर्माता कृषा चौलागाईँ लगायत थिए ।

यूवा कलाकारहरुको समेत सहभागिता रहेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो । यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी छन् । यूविका श्रेष्ठ र रबिन कँडेल यसका सहयोगी हुन् ।