चलचित्र गोपि खगेन्द्रले छाडे, वर्षालाई निकालियो


व्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन

छायाँकन सुरु हुन एक साताबाँकी हुँदा चलचित्र ‘गोपि’बाट अभिनेता खगेन्द्र लामिछाने बाहिरिएका छन् । यो चलचित्रबाट अभिनेत्री वर्षा शिबाकोटी निकालिएकी छिन् ।

यो चलचित्रको निर्माण टिमले काठमाडौंमा मँगलरबार पत्रकार भेटघाट आयोजना गर्दै अब यो चलचित्रमा यी दुबै कलाकार नरहेको जानकारी गराएको छ ।

चलचित्रका निर्देशक दीपेन्द्र लामाले पत्रकार भेटघाटका क्रममा भने,‘सुरुमा गोपिको स्कृप्ट पढेर अनुबन्धित भएका अभिनेता खगेन्द्र लामिछानेले यतीबेला आएर हाम्रो फिल्मको स्क्रिप मन नपरेको भन्दै सिनेमामा नरहने बताए । सोही कारण अब यो चलचित्रमा खगेन्द्र लामिछाने रहने छैनन् ।’

यो चलचित्रको छायाँकनको पूर्व सन्ध्यामा दुई कलाकार हटेपनि यसको छायाँकन निर्धारित समयमै हुने निर्माण पक्षले बताएको छ । निर्माता मणिकरणले यो चलचित्रको छायाँकन ३ भदौबाट काठमाडौंदेखि सुरुगर्ने बताए ।

अभिनेत्री वर्षा शिबाकोटी यो चलचित्रमा नरहनुको कारणबारे यसका कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्र गोपी प्रति अभिनेत्री शिवाकोटी गम्भिर नभएको बताए । सोहीकारण शिबाकोटीलाई टिमबाट हटाउनु परेको बताएका छन् । निर्माता पौडेलले अभिनय कार्यशालामा पनि अभिनेत्री वर्षा गम्भिर नभएको बताए । उनले केही घटनाहरु पत्रकार भेटघाटका क्रममा सुनाए ।

यसका लेखेक एवम् पत्रकार सामिप्यराज तिमिल्सिनाले पनि स्क्रिप्ट प्रति अभिनेत्री वर्षा गम्भिर नभएको बताए । यो चलचित्रमा सुरुमा अनुबिन्धत भएका कलाकार मध्यबाट अभिनेत्री सुरक्षा पन्त यथाबत रहने छिन् । अब गोपिमा गोपिको भूमिकामा खगेन्द्र लामिछानेको ठाउँमा बिपिन कार्की र बर्षा शिबाकोटीको भूमिकामा वर्षा राउत हुनेछिन् ।