इँगेजमेन्टपछि बिबादबाट भाग्दै प्रियँका


व्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

अभिनेत्री प्रियँका कार्की आजकाल कुनै पनि बिबादमा पर्न चाहँदिनन् । विवाहको लागि इँगेजमेन्टपछि उनी बिबादबाट भाग्ने गरेकी छिन् ।

प्रियँका अभिनित चलचित्र कथा काठमाडौंको गीत रातको कुरा…को भिडियो रिलिज भएको दुईसाता नाघिसक्दा पनि यसको चर्चा सेलाएको छ । भिडियोको बिबाद भनेकै अभिनेत्री प्रियँका कार्की र अभिनेता प्रमोद अग्रहरीको यौन उत्तेजक दृष्य हो । तर यसबारे अभिनेत्री प्रियँका कार्कीले केही प्रतिक्रिया दिएकी छैनन् ।

यो भिडियोको करिब ५० सेकेन्डको दृष्य निलो फिल्म (पोर्न सिनेमा)को च्यालन पोर्न हवमा समेत राखिएको छ । आफ्नो चलचित्रको गीतको भिडियोलाई काटेर केहीदृष्य पोर्न साईटमा राखेपछि कथा काठमाडौंकी निर्देशक संगीत श्रेष्ठ समेतले दुःख व्यक्त गरेकी छिन् । तर यो विषयमा अभिनेत्री प्रियँकाले कुनै प्रतिक्रिया दिन चाहिनन् ।

अभिनेता आयुष्मान देशराज जोशीसँग विवाहका लागि टिकोटालो (इँगेजमेन्ट) गरेकी प्रियँका आफुले गरेका काम तथा बोलेको कुराले बिबादमा आउने पक्षमा छैन । सोही कारण उनले फिल्म कथा काठमाडौंको गीतको उत्तेजक बिबादित दृष्यप्रति कुनै प्रतिक्रिया नदिएकी हुन् ।  यस्तो बिषयमा प्रतिक्रिया दिनु उनी आबस्यक पनि ठान्दिनन् ।