रोज व्युटी पार्लरमा स्पेशल इफेक्ट मेकअप


व्युटी न्युज नेपाल
काठमाडौं २३ साउन

पछिल्लो समय नेपालमा स्पेशल इफेक्ट मेकअप गर्ने क्रम बढेको छ । इफेक्ट मेकअपमा पनि फेस आर्ट मेकअप र बडी आर्ट मेकअपको क्रम प्रचलन निकै छ ।

मुहारमा विभिन्न प्रकारका आकृति बनाईने मेकअप कला फेस पेन्टिङ तथा फेस आर्ट मेकअप हो । यस्तै शरीरका अन्य भागमा गरिन मेकअप आर्ट नै बडी पेन्टिङ तथा बडी आर्ट मेकअप हो ।

                                        इफेक्ट मेकअप अघि                                   मेकअप पछि

         यसै क्रममा गत महिना असारमा थाईल्याण्डको बैंककमा एकसातासम्म स्पेशल तथा इफेक्ट मेकअपको विशेष प्रशिक्षणसम्पन्न गरेर आएकी बरिष्ट व्युटिसियन सोनी कारञ्जितले स्पेशल इफेक्ट मेकअप प्रशिक्षण सुरु गरेकी छिन् । काठमाडौंको रविभवन स्थित आफ्नै रोजी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा उनले स्पेशल इफेक्ट मेकअप प्रशिक्षण सञ्चालन गरेकी हुन् ।

यस्तो छ स्पाईडर म्यानको मास्कयुक्त फेश मेकअप आर्ट

यसै क्रममा आफ्ना विधार्थीहरुलाई बरिष्ट व्युटिसियन सोनीले बुधबार रोजी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा इफेक्ट मेकअप अन्तर्गत फेसमा स्पाईडरको मेकअप कला (इफेक्ट आर्ट) प्रस्तुत गरेकी छिन् । विशेष कोर्षको रुपमा भित्राईएको स्पेशल इफेक्ट मेकअप आर्ट अन्तर्गत यस्ता थुप्रै मेकअप आर्ट रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनमा सिकाईने पनि बरिष्ट व्युटिसियन सोनीले जानकारी गराईन् ।