पप गायिका जुना र प्राश्नाले ल्याए तीज गीत


व्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन

यो वर्षको आउँदो तीजपर्वलाई लक्षित गरेर गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले सँयुक्त तीज गीत तीज आयो आफैंलाई चैं अर्कै व्याँथा छ…बजारमा ल्याएका छन् । यी दुई कलाकारले यो गीतको भिडियो पनि सार्वजनिक गरेका छन् । यो तीज गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले यो गीतमा संगीत संयोजन गरेका हुन् ।

युवराज वाइवाद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाकै नृत्य रहेको छ । भिडियोमा यी दुई कलाकारलाई नृत्य तथा अभिनयमा अभिनेता ध्रुव न्यौपानेले साथ दिएका छन् ।

तीजगीतकाे भिडियाे ः

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले यो भिडियो सम्पादन गरेका हुन् ।

आधुनिक र पप गीत गाउँदै आएकी यी दुईले भने,‘लोक गीत–दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं,।’

गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।