सलमानले रुचाएका डिआईडीका नरेशबीर टिनएजमार्फत आउँदै


व्युटी न्युज नेपाल
काठमाडौं १९ साउन

भारतीय टेलिभिजनको डान्स रियालिटी शो डान्स इन्डिया डान्स (डि आई डी)मा सहभागी हुँदा नरेशबीर सिंहको डान्सको बलिउड नायक सलमान खान, मिथुन चक्रवर्तीले खुबै प्रसँसा गरेका थिए । उनै नरेशबीर नायकको रुपमा नेपाली चलचित्र टिनएज मार्पmत आगामी शुक्रबार २५ साउनबाट दर्शकमाझ आउँदैछन् ।

नरेश बीरसिह कुशल डान्सरसँगै सफल कोरियोग्राफर पनि हुन् । हाल नेपालकै एपिवान टेलिभिजनबाट प्रसारित वुगिबुगी डान्सिङ रियालिटी शो मा समेत कोरियोग्राफी गरिरहेका नायक सिहले डिआइडिको सिजन २ मा राम्रो छाप छोड्न सफल भएका थिए ।

पुर्खौली घर सुर्खेत भए पनि मुम्बइमा जन्मेका नरेशबीर सिहले मुम्बइबाट नेपालमै केहि गर्छु भनि स्वदेश फर्किए र निरन्तर म्यूजिक भिडियो तथा स्टेज शोमा व्यस्त रहन थाले । हाल सम्म उनले सय भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरिरहेका छन् । आफ्नो क्षमता देखाउन नपाएको गुनासो गर्ने नायक सिह चलचित्र टिनएजबाट नेपाली रजतपटमा डेब्यू गर्दैछन् । अभिनय क्षमता र डान्सिङ क्षमता टिनएजबाट बाहिर ल्याउन पाएको मा उनी खुसी छन् ।

टिनएजको प्रेम र त्यागलाइ चलचित्र टिनएजमा रोचक ढंगले समेटिएको निर्देशक पाख्रिनले बताएका छन् । चलचित्रमा नरेशबीर सिंह, प्रतिक्षा खड्का, एन्जिला खड्गी , सरोज शाहको मुख्य भुमिका रहेको छ ।