१५ साउनमा ब्राईडलम मेकअप कम्पिटिसियन, छानिए २३ प्रतियोगी


व्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

व्युटिसियन तथा मेकअप आर्टिस्टहरुबीच बेहुली सृँगार प्रतियोगिता ‘ब्राईडल मेकअप कम्पिटिसन–२०१८’ हुने भएको छ । १५ साउनमा हुन लागेकामा २३ प्रतियोगी चयन भएका छन् ।

काठमाडौंमा आईतबार सम्पन्न अडिसनमा २३ जना मेकअप आर्टिस्ट यो प्रतियोतिगाको लागि चयन भएका हुन् ।
मेकअप आर्टिस्टको रुपमा पचिरित व्युटिसियनहरुलाई बेहुली सृँगारमा अझ दक्ष बनाउँदै उनीहरुको प्रतिभा बाहिर ल्याउन यो प्रतियोगिता आयोजना गरिएको आयोजक मध्यकी सुमित्रा रञ्जितकारले बताईन् । दुई वर्ष अघिबाट यो प्रतियोगिता हुँदै आएको छ ।

यस्तो प्रतियोगिताले व्युटिसियनहरुमा बेहुली सृँगारमा हौसला बढ्नुका साथै ब्राईडल मेकअपको अबसर झन मिल्ने विश्वास आफुहरुको रहेको अर्की आयोजक सोनी कारञ्जितले बताईन् । यो प्रतियोगिताका बाँकी आयोजक अनिता खड्का, सुलोचना श्रेष्ठ, मेनुका उप्रेती शिवाकोटी र सरिना बुढाथोकीले पनि प्रतियोगितालाई सम्पन्न गर्न अहिले उत्साहित छन् ।

यो प्रतियोगिताको लागि अन्तिमा प्रतिस्पर्धामा चयन हुने मेकअप आर्टिस्टहरुमा शोभा बस्नेत, मेबी राई, अनुराधा महर्जन, पुजा गौतम, सविता रञ्जितकार, रत्नकुमारी लिम्बु, प्रमिला कुमारी कुटवाल, ज्योति थापामगर, बिजेता प्रजापति श्रेष्ठ, संगीता थापामगर, शिवा भण्डारी रहेका छन् ।

यस्तै यो प्रतियोगिताका लागि चयन भएका मेकअप आर्टिस्टमा मनिषा जिसी (घर्ती क्षत्री), सन्तोषी कार्की, लक्ष्मी पौडेल पोखरेल, उर्मिला मस्तरान राना, अमृता कुमारी स्याङतान, इन्दिरा बिश्वकर्मा, शोभा श्रेष्ठ, रिता सेन्चुरी, बिजयलक्ष्मी श्रेष्ठ, शान्ति लेखक, सुष्मा राई, कृष्णमायाँ श्रेष्ठ र कुमारी गुरुङ छन् ।

यो प्रतियोगिता व्युटी सेक्रेट व्युटी सलुन खिचापोखरी, रोज सिप विकाश तामिल केन्द्र रवि भवन, रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलँकी र ओम शान्ति व्युटी सलुन सल्लाघारी र विक्षण क्रियसनको आयोजनामा १५ साउनमा सोल्टीमोडको स्वास्तिक पार्टी भेन्युमा आयोजना हुँदैछ ।