व्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन
सीमा भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी छिन् । सातदोबाटो, ललितपुरकी सिमाले मिसेन नेपाल आईकन–२०१८ भएवापत पुरस्कार स्वरुप स्कुटर पाएकी छिन् ।
शनिबार बेलुका जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित यो प्रतियोगितामा सरु अर्याल फष्ट रनरअप, अम्बीका थापा सेकेन्ड रनरअप, दया शार्मा थर्ड रनरअप, प्रिया कार्की फोर्थ रनर अप घोषित भए ।
एएनपी मिडिया हाउसद्वारा विबाहित महिलाहरुका बिच प्रतिस्पर्धा गराउँदै आएको सो प्रतियोगितामा अनाकिका रंजीतकार भिवर्स च्वाइस, सानु तामाङ मष्ट र्यारम वाक, सरीता सिग्देल मल्टी मिडिया च्वाइस, सुष्मा पाठक बेष्ट स्माइल, राधिका थपलिया बेष्ट हेयर तथा जानकी बस्नेत बेष्ट स्कीन घोषित भए ।
प्रतियोगितामा लक्ष्मी लुइटेल आइकनीक आईज, बिना अधिकारी श्रेष्ठ मष्ट डिसिप्लेन, अनिता रानाआले बेष्ट पर्सनालिटि, मेनुका बोगटी बेष्ट फिजिक, कमला चुधारा मष्ट चार्मिङ, प्रज्ञा ढुंगेल मष्ट कन्फीडेन्ट, आशा थापा श्रेष्ठ मिसेस ब्युटीफुल, अमरावती बलामी महर्जन मष्ट इस्टाइलिष्ट, रुपाली पौडेल मष्ट पर्फेक्ट, अनिता चौधरी मष्ट पोजेटिभ एटिच्युट, चन्दा श्रेष्ठ बेष्ट डान्स र उमा श्रेष्ठ बेष्ट सिंगर घोषित भए ।
अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । गायक ध्रुब बिस्कोले पनि गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेष अतिथी स्वास्थ्य तथा बालबालीका राज्यमन्त्री पद्माकुमारी अर्याल थिईन् ।
बिबाहित नारीहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि हरेक वर्ष यो कार्यक्रम आयोजना गरिँदै आएको एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीले बताए ।
यो प्रतियोगिताको निर्णायकमा गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगान, नेपाल लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा र हिसानका अक्ष्यक्ष युवराज शर्मा थिए ।





 
									 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							