८ भदौमा आउँदै ‘रेनी’, यस्तो छ पोष्टर


व्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

त्रिकोणात्मक प्रेमकथामा आधारित नयाँ चलचित्र ‘रेनी’ ८ भदौ देखि प्रदर्शन हुने भएको छ । यो चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुकको रुपमा पोस्टर सार्वजनीक गरिएको छ ।

यो फिल्म एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् । काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको यसको छायाँकार जयराम थापा हुन् । रेनीको गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ । गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् ।

राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप), नवनायिका सनम मल्लको अभिनय छ । गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले नै लेखेकी हुन् ।