प्रियँका र प्रमोदको भिडियो बिबादमा, एडल्टले मात्र हेर्न पाउने बनायो युट्युवले


व्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

गीतमा अश्लिल दृष्य राखेको भन्दै चलचित्र कथा काठमाडौंको ‘रातको कुरा…’ गीतलाई युट्युवले अब बयस्कले मात्र हेर्न मिल्ने (एडल्ट) बनाई दिएको छ ।

हेर्नुस भिडियाे ः

आईतबार रिलिज भएको यो गीतको भिडियोले सञ्चारकर्मीदेखि दर्शकसम्मबाट अहिले अत्याधिक टिप्पणी खेप्नु परेको छ । गीतको शब्दले खुला यौनजन्य दृष्य मागेको छैन । तर चलचित्रको कथाले मागेको दाबी सहित निर्देशक संगीता श्रेष्ठले एउटा ‘पोर्न’ सिनेमा यौनजन्य कृयाकलापका लागि पुरुष पात्रले महिलापात्रलाई झम्टेकै झलक दिनेगरी यौनजन्य कार्यका लागि झम्टेको दृष्य प्रस्तुत गराएकी छिन् ।

…चुम्बन गदै प्रमाेद

यही दृष्यका कारण गीतको भिडियोमाथि दर्शकले आपत्ति जनाउँदै गाली सहितको टिप्पणी गरेका छन् । यही टिप्पणीका कारण अब यो गीतलाई मेलमार्फत १८ वर्षमाथिको उमेर प्रमाणित भएका दर्शकले मात्र हेर्न पाउने युट्युवले बनाई दिएको छ ।

यो गीतको भिडियो खोल्नु अघि ‘दिस भिडियो मे बी इन एप्रोपिएट फर सम युजर’ सूचना राखेको छ । अब भिडियो हेर्ने सम्बन्धि दर्शकको उमेर १८ वर्ष भन्दा माथि रहेको छ की छैन भनेर मेलको ठेगाना मार्फत युट्युले प्रमाणिकरणको प्रक्रियामा भिडियोलाई राखिदिएको छ । १८ वर्ष (बयस्क) नभएकालाई यो भिडियो हेर्न युट्युवले अनुमति दिँदैन ।

प्रियँकाकाे अाेठ चुस्दै अभिनेता प्रमाेद ।

यसरी यो भिडियोलाई युट्युवमा राखेको २४ घन्टा भित्रै युट्युवले एडल्ट (ए) बर्गमा राख्दै १८ वर्ष नाघेकाहरुले मात्र हेर्न पाउने बनाएको हो ।

४ मिनट ५१ सेकेन्डको यो गीति भिडियोको पछिल्लो ३ मिनट ३१ सेकेन्डबाट अभिनेत्री प्रियँका कार्की र अभिनेता प्रमोद अग्रहरीको आलिँकन, ओष्ट चुम्बन, बस्त्रहरण देखि यौन समागमसम्मको दृष्य राखिएको छ । यी दृष्य कलात्मक भन्दापनि छाडा, आकर्षक भन्दा पनि भद्दाजन्य तथा सिनेमालाई चर्चामा ल्याउनका लागि राखिएको आरोप यतीबेला दर्शकले लगाएका छन् । युट्युव च्यानलमा यो गीति भिडियोको मुनी दर्शकले गरेको टिप्पणी र गालीले चलचित्रलाई समेत नकरात्क असर पार्न सक्छ ।

८ दिन अघिमात्र अभिनेता आयुष्मान देशराज जोशी विवाहका लागि टिकाटालो गरेकी प्रियँकाको अब हुने विवाहका लागि यो गीतको भिडियोमा प्रमोद अग्रहरीसँग ओष्ट चुम्बनको दृष्यले असर पार्ने होकी भन्ने दर्शकको प्रतिक्रिया र चिन्ता छ । केही दर्शकले त यो चलचित्रको निर्देशक देखि कलाकारसम्मलाई खुलेरै गाली गजौल पनि गरेका छन् ।

आगामी असोजमा रिलिज हुने यो फिल्ममा प्रियँकाका हुनेबाला श्रीमान आयुष्मान आफैं पनि नायकको भूमिकामा छन् । तर उनले प्रियँकाको यो दृष्यबारे कुनै प्रतिकृया जनाएका छैनन् ।