सरोजको पानी कुवाको…मा फेरी प्रियँका र कार्टुन क्रु


व्युटी न्युज नेपाल
काठमाडौं, ३२ असार

तीन ओटा भिडियो एक करोड भन्दा बढी पटक हेरिएपछि गायक सरोज ओलीले फेरी नयाँ गीतको भिडियो ल्याएका छन् । कार्टुन क्रु र प्रियँका कार्कीले अभिनय गरेका बिगतका भिडियो करोड भन्दा बढी पटक युट्युवमा हेरिएपछि फेरी पनि उनले नयाँ भिडियोमा उनीहरूलाई नै अभिनय गराएका छन् ।

सरोजको नयाँ गीत पानी कुवाको …मा पुन कार्टुन्ज क्रुसँगै प्रियँका कार्कीलाई अभिनय गराईएको छ । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् । गीतलाई सरोज ओली र स्मिता दाहालले गाएका हुन् । उदयराज पौडेलको संगीत संयाेजन रहेकाे गीतलाई उज्वल श्रेयान महतले मिश्रण गरेका हुन् ।

युट्युवबाट सार्वजनिक गरिएको पानी कुवाको…मा बिगतको भन्दा केही फरक देखाउन कलाकारलाई नेपाली पोशाकमा उतारिएको छ । बाँकी नृत्यको शैली र प्रस्तुति भने कार्टन क्रुका बिगतका भिडियो जस्तै छ ।

पोशाक हेर्दा अभिनेत्री प्रियँका कार्कीसँगै क्रुकी आश्मा विश्वकर्मा गुन्यू चोलीमा देख्न पाईन्छ । सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा छन् । यस पटक अभिनेत्री प्रियँका कार्कीलाई छोटो भूमिकामा मात्र समेटिएको छ ।
गीतलाई नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । गीतको भिडियोलाई सौरभ लामाले छायांकन र अर्जुन जिसीले सम्पादन गरेका हुन् ।