आयो ‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौं, २४ असार

नेपाली चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र अमेरिकामा निर्माण भएको हो । ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापाले गरेका हुन् ।

ट्रेलरमा नेपालीहरुको अमेरिका बसाई, उनीहरुले साँचेको सपनालाई प्रस्तुत गरिएको छ । चलचित्रको कथावस्तुको मिहिन भन्दा मिहिन कुरालाई जनसमक्ष ल्याउने कोशिश गरिएको छ ।
राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती (पौल), राजेश गुरुङ, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको पनि निर्देशक ईश्वर थापाले जानकारी गराएका छन् । यसलाई अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा प्रदर्शन गरिने पनि निर्देशक थापाले बताए । यसको नेपाल रिलिज डेट पनि चाँडै घोषणा गर्ने उनको भनाई छ ।