सकियो नालापानीमा अँग्रेज युद्ध, धमाधम सम्पादन


व्युटी न्युज नेपाल
काठमाडौं, २० असार
ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को छायाँकन सकिएको छ । एक साता अघि दाङको उपरगढीमा यो चलचित्रको छायाँकन सकेर फिल्म युनिट काठमाडौं फर्किई अहिले सम्पादनमा व्यस्त छ ।

दाङका विभिन्न स्थानमा अँग्रेजसँगको युद्ध खिचिएको पनि यसका निर्देशक रिमेश अधिकारीले जानकारी गराएका छन् । उनका अनुसार यो चलचित्र हाल बिजिबी इन्टरनेशनलमा धमाधम सम्पादन भैरहेको छ ।

सम्पादनसँगै भिएफएक्सको काम पनि भईरहेको छ । भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरेको पनि रिमेशले बताए ।

नालापानीको छायांकन आफुले सोचे जस्तै भएको र यो चलचित्र नेपाली चलचित्र उद्योगमा एक उदाहरणिय बन्ने निर्देशक अधिकारीले जिकिर छ । ‘हरेक नेपालीले गर्व गर्न लायक चलचित्र बन्नेमा म बिश्वस्त छु । नेपाली सेनाले समेत खुलेर चलचित्रलाई सहयोग र्गयो, नभए २०४ बर्ष अघिको इतिहास बनाउन एकदमै कठिन थियो’ । निर्देशक अधिकारीले भने ।

नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ । नालापानीमा ऐतिहासिक स्थानहरुको दृश्य आवश्यक रहेकोले जोखिम मोलेरै भएपनि तो स्थानहरुमा छायांकन गरेको निर्माता मनोज शाक्यले बताए ।

‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो । त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो ।

त्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो । यही कथामा चलचित्र नालापानी निर्माण गरिएको हो ।

रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् ।