यो पागल मनको पोष्टर रिलिज


व्युटी न्युज नेपाल
काठमाडौं १९ असार

यही २९ असार प्रदर्शनीमा आउने चलचित्र ‘यो पागल मन’को फस्ट लुक्स (पोष्टर) रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले यो चलचित्रको तीन ओटा पोष्टर रिलिज गरेको हो ।

यो पागल मानमा अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपाने मुख्य भूमिकामा छन् । यी दुई कलाकारलाई पोष्टरमा महत्व दिईएको छ । चलचित्रको अन्य कलाकारमा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायत छन् ।

यो चलचित्रलाई सञ्चरकर्मी सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । शम्भु सापकोटाको छायाँकन, अनिल गौतमको सम्पादन रहेको यो चलचित्रमा कमल राइको नृत्य निर्देशन, राजु किराँतीको द्धन्द्ध निर्देशन छ ।

कल्याण अधिकारीले यो लचित्रको निर्देशन गरेका हुन् । फिल्मलाई बिरेन्द्र कुमार यादबसँग मिलेर कल्याणले निर्माण गरेका हुन् ।