रायन र अनुष्मा ‘द कलेज एम्बेसडर २०१८’


व्युटी न्युज नेपाल
काठमाडौँ, ९ असार

रायन कशजु र अनुष्मा रायमाझीले ‘द कलेज एम्बेसडर २०१८’को उपाधि जितेका छन् । एससिई इन्स्चीच्युट अफ म्यानेजमेन्टका रायनले छात्र तर्फको उपाधि र एपेक्स कलेजकी अनुष्माले महिला छात्रातर्फको उपाधि चुमेका हुन् ।
ग्रिन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको यो १०औ संस्करण हो । विजेता दुवैले उपाधिका साथमा विभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे ।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा बिहिबार अबेर साँझ आयोजित प्रतियोगितामा महिला तर्फ फष्ट रनर अप श्वेता सुवेदी र सेकेन्ड रनरअप प्रतिशा जोशी घोषित भए । पुरुष तर्फ रोमन मानन्धर फष्टरनर अप चुनिए ।

प्रतियोगितामा चार्मिङ पर्सनालिटी रोमन मानन्धर र रीया उप्रेती, बेष्ट आइडिया भिडियो प्रगिना जोशी, मष्ट पंचुअल रायन कसजु, मष्ट बब्ली निरुता राई, मष्ट इन्टिलेक्च्युअल अनुष्मा रायमाझी, बेष्ट स्पिकर प्रतिशा जोशी घोषित भए ।

यस्तै मष्ट फोटोजेनिक जेनिफर मानन्धर, मष्ट ट्यालेन्ट रश्मी शंकर बिक, मष्ट पपुलर रोहिशा श्रेष्ठ, मष्ट डिसिप्लेन उज्जेन श्रेष्ठ, बेष्टड्रेस आयुष्मा रायमाझी, मष्ट फ्रेण्डी श्वेता सुवेदी, बेष्ट पफमेन्स सुवेच्छा श्रेष्ठ, बेष्ट स्माइल सब्बु केसी घोषित भए । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

र्यापर तथा गायक निणर्य श्रेष्ठ, डान्स कोरियोग्राफर केशव थापा, पत्रकार सिर्जना दुवाल, चलचित्र निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदी, मेकअप आर्टिस पुनम श्रेष्ठ लगायत निर्णायक थिए । प्रतियोगीतामा ४ छात्र र ११ छात्रा सहभागी थिए ।