उत्कृष्ट मोडल अवार्ड बिजेता शुष्माको बोल्ड अबतार


फाेटाे फिचर

व्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

अभिनेत्री शुष्मा अधिकारी चलचित्र भन्दा म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेकी छिन् । हट र बोल्ड मोडलका रुपमा परिचित उनी पछिल्लो समय एक पछि अर्को गर्दै हिट भिडियो दिन सफल भएकी छिन् ।

यी मोडलले म्युजिक भिडियोबाटै उत्कृष्ट मोडलको अवार्डसमेत जितेकी छिन् । मलेशियाको कोलालाम्पुरमा यसै साता सम्पन्न तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मा उनले उत्कृष्ट मोडलको अवार्ड जितेकी हुन् ।

सिर सिर बतासैले…गीतको भिडियोबाट मोडल शुष्मा अधिकारी उत्कृष्ट महिला मोडलको अवार्ड जितेकी हुन् । अवार्ड पाएपछि खुसी भएकी शुष्माले यो अवार्ड आफ्नो मोडलिङ करिअरलाई अघि बढाउन निकै फलदायी सावित हुने बताएकी छिन् ।

यस अघि चलचित्र अनौठो प्रेम कथा र पिपलमा नायिकाको रुपमा काम गरेकी थिईन् । त्यसपछि उनी फिल्म भन्दा भिडियोमा केन्द्रित छिन् ।

आफुलाई एकपछि अर्को म्युजिक भिडियोमा प्रस्ताव आएको र भिडियोले लोकप्रिय बनाएकोले यसैमा व्यस्त रहेको मोडल शुष्माको भनाई छ । फोटो सेसनमा यिनै मोडल शुष्माको हट र बोल्ड अबतार हेर्नुस् ।