मलेशियामा भव्य भयो म्युजिक भिडियो अवार्ड, शान्तिप्रिय र डब्बु क्षत्रीलाई पत्रकारिता सम्मान


३० विधामा उत्कृष्ट अवार्ड, यस्ताे छ परिणाम 

व्युटी न्युज नेपाल
क्वाललाम्पुर (मलेशिया) ४ असार

पछिल्लो समय बिदेशमा नेपाली अवार्ड गर्ने क्रम बढेको छ । यसै क्रममा पहिलो र दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड दुवईमा आयोजना गरेको संगीक्षा फिल्म्स्ले ब्राईट भेन्चरसँग मिलेर तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मलेशियाको क्वालालम्पुरमा सम्पन्न गरेको छ ।

सो अवार्ड समारोहमा प्रतिस्पर्धामुलक ३० विधामा अवार्ड प्रदान गरिएको छ । यस्तै सोही कार्यक्रममा दुई पत्रकार सम्मानित भएका छन् । चलचित्र पत्रकारितमा अढाई दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याएको भन्दै सोही कार्यक्रममा राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री र फिल्मी खबर सप्ताहिकका सम्पादक शान्तिप्रियलाई पत्रकारिता सम्मान २०१८ बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाले ओतप्रोत गीतको गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायाँकार, निर्देशक, सम्पादकबीच प्रतिस्पर्धामा उत्कृष्ट ३० विधामा अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा पप गीततर्फ गीतकारमा सु स्वागतम…गीतबाट नरेश भट्टराई, गायनमा पुरुष सु स्वगतम…बाट अनिल सिंहले, गायन महिलामा डम्फु… गीतबाट मिङस लामाले अवार्ड जितेका छन् । पप गीत भिडियो तर्फ छायाँकारमा दिलको भितैमा…बाट रामेश्वर कार्की, सम्पादकमा सेल्फी क्विन…बाट भरत रेग्मी, मोडेलमा जानी नजानी मायाबाट… आँचल शर्मा, भिडियो निर्देशकमा मुखौटा…बाट निकेश खड्का बिजेता बनेका छन् ।

अवार्ड समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृट गायिकाको अवार्ड ताराबाजी…बाट जुना प्रसाईंले, गायकको अवार्ड तर्की तर्की…बाट नारायण धितालले पाए ।

यस्तै गीतकारमा मेरो प्राण तिमि नै…बाट होम न्यौपाने, आधुनिक संगीतकारमा पहिलो भेटैमा…बाट दीपक भट्टराई, म्युजिक भिडियो सम्पादकमा तर्की तर्की…बाटै निशान घिमिरे छायाँकार, तर्की तर्की…बाट सुदिप बराल, मोडेल पुरुषबाट मेरो प्राण तिमि नै…दृश्य सुवेदी, मोडेल महिला छोरी अन्माउँदा…गीतबाट वर्षा शिवाकोटी र निर्देशकमा पुर्णिमाको रात मेरो…बाट आदित्य बुढाथोकीले यो अवार्ड पाए ।

यस्तै राष्ट्रिय भावनाले अभिप्रेरित गीतमा जय नेपाल…बाट शिवजी लामिछाने (सिवाज)ले, नव गायन प्रतिभामा सेल्फी क्विन…बाट रविना थापाले अवार्ड पाए ।

लोक गीत विधामा अवार्ड बिजेता तर्फ गायन पुरुषमा आधा गाग्री पानी…बाट डिबी लोप्चन, गायन महिलामा सरर प्लेनमा…बाट अमृता लुंगेली मगर, मोडल पुरुषमा सरर प्लेनमा…बाट संजिव ठकुरी, मोडल महिलामा शिर शिर बतासैले …बाट सुष्मा अधिकारी, सम्पादकमा बिउ खायो किरैले …बाट मिलन बिक र छायाँकारमा बिउ खायो किरैले …बाटै बासु बराल र निर्देशकमा माछी कहाँ छ…बाट मिलन श्रेष्ठ रहेका छन् ।

यस्तै लोक दोहोरी गीततर्फ अवार्ड बिजेतामा गायन पुरुषमा फुल फुल्यो …बाट प्रकाश कटवाल, गायन महिलामा आधा गाग्री…बाट उमा श्रेष्ठ, लयमा दुखीको दैलोमा…बाट नमराज ढुंगाना, शब्दमा छिनेको कम्मर…बाट लिला श्रेष्ठ, नव प्रतिभा गायनमा जवानीको तिर्खा…बाट स्मृति गौतम रहेका छन् ।

जुना प्रसार्इं

विशेष प्रतिभा सम्मानबाट सोही समारोहमा विभिन्न कलाकार एवम् प्राविधिक सम्मानित भए । कार्यक्रममा गायक गायिका, गीतकार तथा मोडलहरु गीता देवी, रामहरी न्यौपाने, अर्जुन सुनाम, अमृत खाती, रमिला न्यौपाने, नेत्री डी पन्त, सपना गुरुङ, कुमार कार्की, रवी सिंह, अर्जुनरत्न भिकारी, शितल शर्मा, राजेन्द्र कुमार कार्की, प्रदीप रोक्का, अशोक धिताल, राजकुमार हुमागाई, कुमार न्यौपाने, शान्ता शिशिर, फणिन्द्र ठकुरी, सविता ढुंगानालाई विशेष प्रतिभा सम्मान प्रदान गरियो ।

मेलेशियाका लागि नेपाली कार्यबाहक राजदुत कुमार खरेलको प्रमुख आतिथ्य र अग्रज निर्माता एवम राप्रपाका नेता उद्दब पौडेलको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रम विभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न भएको थियो ।

नेपाली गीत संगीतलाई अन्तराष्टिय क्षेत्रमा पुर्याउन मलेशियामा अवार्ड गरिएको आयोजक मनोज केसीले कार्यक्रममा बताए । अर्का आयोजक बिक्रम जंग शाहले अवार्डबारे कार्यक्रममा प्रकाश पारे । अवार्ड समारोहमा नेपालबाट अतिथिका रुपमा करिब ७० जना कलाकार र पत्रकार सहभागी भएका थिए ।