‘सयकडा दश’को सकियो सुटिङ


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

हाँस्य कलाकार मनोज गजुरेल अभिनित फिल्म सयकडा दशको सुटिङ सकिएको छ । रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभाव कथाको रुपमा उटठाएको छ ।

राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत कलाकारको अभिनय रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ ।

काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा फिल्मको छायाँकन भएको छ । मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी निर्माण युनिटको रहेको छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।