अायाे चलचित्र चि मुसी चिको पोस्टर


व्युटी न्युज नेपाल
काठमाडाैं, २१ जेठ

चलचित्र ‘चि मुसी चि’को पोस्टर सार्वजनिक गरिएकाे छ । पोस्टरमा प्रमूख तीन कलाकारहरु सुनिल क्षत्री, सुसान्त कार्की र अलिशा शर्मालार्इ समेटिएकाे छ । अागामी  ११ श्रावण मा रिलीज हुने याे फिल्म म्यूजिकल थ्रिलर जनरामा निर्मित छ । याे चलचित्रलाई दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । चलचित्रमा सुरज अधिकारीको संगीत रहेको छ ।