मनले चाहे जस्तो नपाएकी मोडल रेनु


व्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ
एक वर्ष अघि र्याम्प जोनले काठमाडौंमा आयोजना गरेको टिन प्रिन्सेस नेपाल २०१७ मा मिस चार्मिङको उपाधि जितेपछि रेनु सेन्चुरीको मोडलिङ यात्रा सुरु भएको हो ।

व्युटी पेजेन्टबाट सुरु गरेको उनको मोडलिङ यात्रा त्यसपछि र्याम्प तर्फ मोडियो । उनले यसै क्रममा र्याम्पमा विभिन्न फेशन शोहरु गर्दै आएकी छिन् ।

इटहरी निवासी रेनु इटहरीको जनता मल्टिपल कलेजकी विधार्थी हुन् । उनी अहिले सो कलेजमा बिबिएस प्रथम बर्षमा पढ्दै छिन् । काठमाडौंसँगै इटहरीमा हुने फेशन शोहरुमा समेत उनी र्याम्पमा प्रस्तुत हुँदै आएकी छिन् । तर उनी आफुलाई काठमाडौंमै केन्द्रित गर्ने योजना सुनाउँछिन् ।

रेनु मोडलिङसँगै चलचित्र क्षेत्रमा पनि नायिकाको रुपमा आउन चाहन्छिन् । भविष्यमा एयर होस्टेजसमेत बन्ने लक्ष्य लिएकी रेनु राम्रो म्युजिक भिडियो र चलचित्र पाएमा डेब्यु गर्ने पक्षमा छिन् ।

बेला बेलामा विभिन्न मिडियाको लागि फोटो सुट गर्दै आएकी रेनु मोडलिङ फिल्डलाई राम्रो मान्छिन् । यो क्षेत्रमा आउँदा उनलाई मन पराउनेहरु धेरै छन् ।

स्कुले जीवन देखि अहिलेसम्म केटाहरु आफ्नो पछि लागे पनि मन मिल्ने र आफुलाई बुझ्ने केटा अहिलेसम्म नभेटेको उनले बताईन् । प्रेममा समय खेर फाल्नु भन्दा अहिले आफु करिअर बनाउन तर्फ केन्द्रित भएको पनि यी मोडलले बताईन् । यो क्षेत्रमा करिअर बनेपछि बल्ल विवाह गर्ने सो रेनुको छ ।