व्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

४ जेठबाट देशव्यापी प्रदर्शनीमा आउने नेपाली चलचित्र हैरानमा टेली चलचित्र भद्रगोलका बले अर्थात सागर लम्साललाई दर्शकले मुख्य भूमिकामा देख्न पाउने छन् ।

यो चलचित्रमा आफु मोटर साईकल ग्यारेज मिस्त्रीको भूमिकामा रहेको सागरले खुलासा गरेका छन् । यो चलचित्रमा मोटर साईकल ग्यारेज मिस्त्री बन्न आफुले ग्यारेजमा काम गर्नु परेको पनि सागरले खुलासा गरेका छन् ।

सागरको भनाई अनुसार फिल्ममा काम गर्दा मिस्त्री नै बन्नु परेपछि उनले महाराज गञ्जको एउटा ग्यारेजमा तीन दिन मिस्त्रीको काम सिके । अब उनलाई सबै प्रकारको मोटर साईकल बनाउन आउँछ,‘मलाई मोटर साईकल राम्ररी खोलेर बनाउन आउँछ । स्कुटर बनाउन अलिक गाह्रो भए पनि सबै प्रकारको बाईक बनाउन जान्ने भएको छु ।’ सागरले भने ।

यसरी आफुलाई चलचित्र हैरानले मिस्त्री बनाएको सागरले बताएका छन् । भविष्यमा उनी अरु काम नपाएको खण्डमा मोटर साईकल मर्मत गरेर पनि खान सक्छु भन्छन् । बले आजकाल आफ्नो मोटर साईकल बिग्रँदा आफैं बनाउन सक्छन् । अब उनको परिचय बले मिस्त्री समेत भएको छ ।

विश्वकै कान्छा निर्देशक सौगात बिष्टद्धारा निर्देशित हैरानमा आफुलाई यही कारण पनि दर्शकले फरक भूमिकामा देख्ने भनाई सागरको छ । यो चलचित्र ४ जेठबाट राजधानी र मोफसलका ६ दर्जन भन्दा बढी हलबाट रिलिज हुँदैछ ।