मिस ग्लाम वाल्र्ड २०१८ बाट फर्किइन सुजाता


व्युटी न्युज नेपाल
काठमाडौ, २९ बैशाख

नेपाली मोडलहरुले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने क्रम बढेको छ । यसै क्रममा नेपाली मोडल सुजाता राउतले मिस ग्लाम वाल्र्ड–२०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएर काठमाडौं फर्किएकी छिन् ।

photo by – Miss Glam world -18

भारतको कोचीमा हालै सम्पन्न यो प्रतियोगितामा नेपाल सहित विश्वका ३९ देशका मोडलहरु सहभागी थिए । जसमध्य भारत, नेपाल, फिलिपिन्स्, काजकिस्तान, तुरर्किस्तान, मेक्सिको, फ्रान्स, अष्ट्रेलिया सहित ३९ देशका प्रतियोगीसँग प्रतिस्पर्धा गर्दा धेरैकुरा सिक्ने अबसर पाएको सुजाताले बताईन् ।
उनलाई सो अन्तराष्ट्रिय प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सीले नेपालबाट प्रतिनिधित्व गराएको हो ।

photo by – Miss Glam world -20 18

सो प्रतियोगितामा बिजेता हुन नसके पनि आफुले ग्रुमिङ सेसन, व्यक्तित्व विकास, योगा जस्ता विभिन्न क्लासबाट धेरैकुरा सिक्ने अबसर पाएको सुजताले बताईन् । ३९ ओटा देशका सुन्दरीलाई नेपाल र नेपालीको बारेमा चिनाउने काम पनि आफुले गरेको यी सुन्दरीले जानकारी गराईन् ।

नेपाली म्युजिक भिडियो, फेशन शो लगायत केही सौन्दर्य प्रतियोगितामा उपबिजेता समेत भएकी सुजाता आफैंमा कोरियोग्राफर पनि हुन् । मिस ग्लाम वल्र्ड–२०१८ मा आफुले सिकेका अनुभव अब यहाँ हुने व्युटी पेजेन्टमा अरुलाई बाँढ्ने पनि सुजाताले बताईन् ।