व्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

मनाङका रमणिय स्थानहरुमा छायाँकन गरिएको चलचित्र मनाङे नानीको ट्रेलर सार्बजनिक गरिएको छ । २८ बैशाखबाट रिलिज गर्ने घोषणा सहित यो फिल्मको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा माया, प्रेम, द्वन्दलाई देखाईएको छ । ट्रेलरमा फिल्ममा रहेका सबै कलाकारहरु समेटिएको छ ।

नेपालका मनोरम पर्यटकीय ठाँऊ मनाङको तिलिचो तालको पेरिफेरीमा छायांकन गरिएको छ । फिल्ममा नायकका रुपमा यसअघिको चलचित्र चिनो र तिमि बिनाको जिबनका नायक भिम गुरुङ छन् । बाँकी कलाकारमा शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय रहेको छ । चलचित्रको छायांकन ७० प्रतिशत भन्दा बढी छायाँक्न मनाङका रमणिय स्थानहरुमा गरिएको छ ।

ट्रेलर

https://www.youtube.com/watch?v=FIsTydrrpSs

यसलाई गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुबास गुरुङ, मनाङ गुरुङ, ओमन गुरुङको नृत्य निर्देशन रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा रहेका छन् । जसमा खुस बहादुर गुरुङको कथा,पटकथा, गीत, संगीत र निर्देशन छ । यो फिल्ममा श्रीकृष्ण फुयालको छायांकन रहेको छ भने जनक गुरुङको द्वन्द निर्देशन रहेको छ ।